बिहिबार, बैशाख १३, २०८१

अमेरिकामा कोरोनाभाइरस: विरुद्धको पहिलो भ्याक्सीन mRNA-1273 को मानवमा परीक्षण गरिँदै

काठमाडौं चैत ३, कोरोनाभाइरस प्रभाव विश्वभर फैलिएको छ र प्रत्येक दिन हजारौँ नयाँ सङ्क्रमणहरू सार्वजनिक भइरहेका छन्। अहिलेसम्म कोभिड-१९ बाट मानिसलाई बचाउने खोप बनेको छैन।  तर पछिले समय यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ ? यसका लक्षण  के हुन्रु सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ ? यसको उपचार कसरी हुन्छ ? भन्ने अनुसन्धान सहित विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणबाट जोगाउन विकास गरिएको खोप पहिलो पटक मानवमा परीक्षण हुन लागेको   BBC  ले जनाएको छ ।

BBC का अनुसार अमेरिकी सरकारले उपलब्ध गराएको खर्चमा सुरु गर्न लागेको यो परीक्षणमा ४५ जना वयस्क अमेरिकी स्वयंसेवीहरू सहभागी हुँदैछन्। खोप परीक्षण अमेरिकाको सीयाटलमा सोमवार हुँदै गरेको जनाएको छ ।

त्यस्तै खोपमा वास्तविक कोरोना भाइरसको कुनै अंश छैन। त्यसमा मेसिन्जर आरएनएको सानो भाग भएको बताइएको छ। त्यस्तै बिरामीको कोषलाई भाइरसको सङ्क्रमणबाट जोगाउन वा रोगविरुद्ध लडेर निको पार्न आवश्यक प्रोटीन उत्पादन गर्न सक्रिय बनाउने योजना वैज्ञानिकहरूको रहेको बताईएको छ । साथै परीक्षण गर्न लागिएको भ्याक्सीनलाई  mRNA-1273 नामकरण गरिएको BBC   ले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।