मङ्लबार, बैशाख ११, २०८१

अफवाहको पछि नलाग्न र मन्त्रालयबाट सार्वजनिक हुने सूचनालाई मात्रै आधिकारिक मान्न सरकारको अनुरोध

काठमाडौं, फागुन २९, नेपालमा कोरोना भाइरस को सङ्क्रमण आजको मितिसम्म छैन । यद्यपी विश्व स्वास्थ्य सङ्गठनले जोखिम देशको सूचीमा नेपाललाई पनि राखेसंगै सरकारले सम्भावित जोखिम क्षेत्र पहिचान गरी रोकथामका उपाय अवलम्बन गर्दै निगरानी बढाउने क्रमलाइ तिव्रता दिएको जनाएको छ ।

त्यस्तै रोग लागेर एकजना मर्छ भने गलत सूचनाले सामाजिक मनोविज्ञानमा पार्ने असर झन् कति ठूलो होला, यसतर्फ हामी सबै सचेत हुनुपर्नेमा जोड दिदै सरकारले स्वास्थ्य मन्त्रालयबाट सार्वजनिक हुने सूचनालाई मात्रै आधिकारिक मान्न अनुरोध गरेको छ । साथै सामाजिक सञ्जाललगायतमा प्रचार गरिए जस्तो लसुन, अल्कोहलले कोरोना निको पार्छ भनेर अफवाहको पछि नलाग्न समेत सरकारले आग्रह गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म विश्वका १ सय २० धेरै देशहरुमा प्रभाव फैलाउँदै ४ हजार ६ सय १६ जनाको यो भाइरसका कारण नै ज्यान गइसकेको छ । तिमध्ये ३ हजार १ सय ५८ चिनका र १ हजार ४ सय ५८ अन्य मुलुकका छन् । भाईरसवाट हालसम्म १ लाख २६ हजार १ सय २१ संक्रमित रहेको जनाएको छ । त्यस्तै  बिरामीमध्ये ६६ हजारभन्दा बढी उपचारपछि घर फर्किसकेका जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।