बिहिबार, चैत्र १५, २०८०

अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु सदा झै निर्वाध रुपमा सञ्चालन गर्न सरकारको आग्रह

काठमाडौं चैत १२,   विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम नेपालमा पनि बढ्दै गएपछि सरकारले मंगलबारदेखि लागु हुने गरी देशभर साताव्यापी ‘लक डाउन’ गरेको र यसवीचमा आवश्यक वस्तु र सेवा सञ्चालन गर्ने निकायहरु बन्द भएको गुनासो आएपछि अत्यावश्यक बस्तुहरुको कारोबार गर्ने पसलहरु नियमित सञ्चालन गरिदिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

त्यस्तै गृह मन्त्रालयको विज्ञप्तिमा स्वास्थ्य, सुरक्षा खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसंचार, सूचना तथा सञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायतका आवश्यक बस्तुहरुको कारोबार बन्द नहुने हुँदा सदा झै निर्वाध रुपमा सञ्चालन गर्न आग्रह गरेको हो ।

यस्तै कोरोना भाइरसको संक्रमणबाट जोगिने उद्देश्यले लक डाउन’ पहिलो पटक जारी गरिएको आदेश भएको हुँदा केही अन्योलता देखिए पनि समाधान भएको जनाउँदै  जारी  आदेशको प्रभावकारी कार्यान्वयनका लागि सहयोग गरिदिन पनि गृहमन्त्रालयले सर्वसाधारणलाई आग्रह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।