बिहिबार, चैत्र १५, २०८०

सवारी चालक अनुमतिपत्रका लागि अव न्यूनतम उमेर १८ वर्ष पुग्नुपर्ने

काठमाडौ माघ २७, यातायात व्यवस्था विभागले कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको अवस्थालाइ दृष्टिगत गर्दै सवारी चालक अनुमतिपत्र पाउनका लागि न्यूनतम १८ वर्ष उमेर पूरा गरेको हुनुपर्ने व्यवस्था गर्ने भएको छ ।

‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदामा सवारी चालक अनुमतिपत्र लिने उमेर हद १८ वर्ष कायम गर्न लागिएको जनाउँदै यसअघिको १६ वर्षे उमेरहदको व्वस्थालाइ संशोधन गर्ने तयारी भएको जानकारी दिएको छ ।

त्यस्तै विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने र चालकका लागि शैक्षिक योग्यता कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिने विभागले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।