शुक्रबार, बैशाख १४, २०८१

होचो कलाकार मनोजको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने

काठमाडौं माघ २२, बिश्वका सबैभन्दा होचो कलाकारको रुपमा परिचित मनोज बिकको सहयोगार्थ फिल्म ‘सेल्फी किङ्ग’को बिषेश शो हुने भएको छ । नेपाल राष्ट्रिय मोडलिङ संघले आगामी शनिबार फिल्मको बिषेश शो आयोजना गर्न लागेको हो । बोनम्यारो रोगबाट केही समयदेखि पिडित मनोजको अहिले शो रोगको उपचार भइरहेको छ । पारिवारको आर्थीक अवस्था मजबुत नहुँदा उनको उपचारमा आर्थिक समस्याले कठिनाई उत्पन्न भइरहेको छ ।

‘बिश्वका होचा कलाकारको छबि बनाएका मनोज राष्ट्रका गौरव हुन्’ नेपाल मोडलिङ संघका अध्यक्ष दिनेश शाहीले भने ‘उनको उपचारमा केही सहयोग पुगोस् भन्ने उदेश्यले फिल्मको बिषेश शो गर्न लागिएको हो ।’ बिषेश शोका लागि ‘सेल्फी किङ्ग’ निर्माता सुवास थापा र दिनेश राउतले फिल्म उपलब्ध गराएका छन् । फिल्मको बिषेश शोबाट उठेको सम्पुर्ण रकम मनोजलाई नै प्रदान गरिने बताइएको छ ।

बिषेश शो कमलपोखरी स्थित सिटी सेन्टरको बिग मुभिजमा बिहान ९ बजे राखिएको छ । उक्त शोमा फिल्मका कलाकार, राजनीतिक नेता तथा समाजसेवीहरुको समेत बाक्लो उपस्थिति रहने आयोजक मोडलिङ संघका अध्यक्ष शाहीले जानकारी दिए ।‘सेल्फी किङ्ग’ अभिनेता बिपिन कार्कीले हाँस्यकलाकारको भुमिका निर्बाह गरेको फिल्म हो । विशाल सापकोटाको निर्देशन रहेको फिल्म एउटा हास्य कलाकारले आफ्नो व्यक्तिगत जीवनमा भोग्नु परेका समस्या र उसको बाध्यताकोमा आधारित रहेर निर्माण गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।