शनिबार, बैशाख ८, २०८१

स्वेतपत्र जारी गर्दै मन्त्री मगरले असारभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने गरे घोषणा

काठमाडौं फागुन २, सरकारले आउँदो असारभित्र मेलम्चीको पानी काठमाडौं पुर्याउने घोषणा गरेको छ । बिहीबार खानेपानी तथा सरसफाई मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको स्वेतपत्र जारी गर्दै सो घोषणा गरेको हो । मन्त्रालयले आउँदो असार मसान्तभित्र दैनिक १७ करोड लिटर पानी काठमाडौंमा ल्याउने बताएको छ । चिनियाँ कम्पनी सिनो हाइड्रोले निर्माणको जिम्मेवारी पाएपछि काम तीब्रता आएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी समेत दिएको छ । सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्मको आयोजनाको काम पनि असारभित्रै सक्ने बताईएको छ । इटालियन कम्पनी सीएमसीले आयोजना छाडेर भागेपछि सरकारले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिएको थियो । सीएमसी कम्पनीले स्थानीय श्रमिक तथा सहायक निर्माण कम्पनिको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।