शुक्रबार, चैत्र १६, २०८०

सैनिक गुप्तचरीको लागि अलग्गै गुप्तचर विभाग गठन गर्न मौजुदा सैनिक ऐनमा संशोधन गरिदै

काठमाडौ माघ २६,सत्तारुढदल नेकपाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आइतवार सैनिक ऐन २०६३ संशोधन विधेयक संघीय संसदमा दर्ता गरे संगै सैनिक इण्टिलिजेन्स सम्बन्धी अलग्गै विभाग गठन गर्ने गरी सैनिक ऐन २०६३ मा संशोधन हुने भएको छ ।

दर्ता भएको यो ऐन पारित भएमा अब नेपाली सेनाले सैनिक इन्टिेलिजेन्स सेवा अन्तरगत गुप्तचर विभाग गठन गर्न पाउनुको अलावा यसअघि सेनाको डीएमआइ मार्फत हुने सैनिक गुप्तचरीको काम अलग्गै गुप्तचर विभागमार्फत काम गर्दा सेनाको प्रतिरक्षा क्षमता समेत बलियो हुने निष्कर्षको पहिचान गरिएको बुझिएको छ।

अहिलेसम्म नेपाली सेनाभित्रै गुप्तचर विभागमार्फत सूचना संकलन, विश्लेषण लगायतका गुप्तचरी कामका लागि परिमार्जित गुप्तचर सेवा आवश्यक भएको ठहर गरिएपनि मौजुदा  सैनिक ऐन को दफा १४३ उपदफा २ को खण्ड ढ मा कायम रहेको व्यवस्थाको सट्टा इर्ण्टेनलजेन्स सेवा गठन तथा सञ्चालन सम्बन्धी विषय तथा इण्टिलिजेन्स काममा खर्च भएको रकम, रिभल्भििङ फण्डबाट खर्च भएको रकम भैपरि आउने कामको लागि भएको खर्च रकम मिनाह सम्बन्धी   व्यवस्था गर्न त्यस्तो सेवा गठन तथा सञ्चालन सम्बन्धी नियमावली बनाउने व्यवस्था नरहेकाले ऐनमा संशोधन गर्नु विधेयक दर्ता गरिएको सम्वद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।