बिहिबार, चैत्र १५, २०८०

सिन्धुपाल्चोकमा १०७ जनामा कोरोनासँग मिल्ने स्वास्थ्य समस्या , त्रसित नहुँन मन्त्रालयको आग्रह

काठमाडौ माघ २९, सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बा गाँउमा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको भन्दै जुगल गाउँपालिकाले स्वास्थ्य मन्त्रालयलाइ आवश्यक सहयोगका लागि मंगलवार पत्राचार गरेको छ ।

गाँउका १ सय सात जनामा कोरोना भाइरसको लक्षणसँग मिल्ने रुघा, खोकी र अत्याधिक ज्वरोको समस्या देखिएको गाउँपालिकाको पत्रमा उल्लेख गरिएको छ ।

स्वास्थ्य मन्त्रालयले गाँउपालिकावाट आएको पत्रका विषयमा आज छलफल हुने जानकारी दिदै रुघा खोकी, अत्याधिक ज्वरो कोरोना भाइरसजस्तै अन्य इन्फ्लुएन्जाको केही लक्षणमा समानता हुने भएकाले त्रसित हुनुनपर्ने मन्त्रालयको भनाइ छ । यद्यपी मन्त्रालयले आवश्य सहयोगको लागि दक्ष चिकित्शक सिन्धुपाल्चोक पठाउँने तयारी गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।