बिहिबार, चैत्र १५, २०८०

सासंद शर्माले भने नेपाल ट्रष्टको प्रसंगमा जारी श्वेतपत्र नियोजित र झुठको संग्रह

काठमाडौ फागुन १५,   नेकपाका नेता तथा पूर्व गृहमन्त्री जनार्दन शर्माले उप्रधानमन्त्री इश्वर पोखरेलले नेपाल ट्रष्टको प्रसंगमा जारी गरेको श्वेतपत्र झुठको संग्रह पत्र भएको बताउँनु भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा सासंद शर्माले उपप्रम पोखरलले  नेपाल ट्रष्टको जग्गा लिजमा दिनेको नामावली सूचीमा तत्कालीन गृहमन्त्रीको हैसियतमा आफ्नो नाम पनि उल्लेख गरेको आक्रोश व्यक्त गर्दै सत्तारुढदलकै सासंद रहेको शमर्माले कथित श्वेतपत्रमा आफेनो नाम नियोजित प्ररुपमा उल्लेख भएको बताउनु भयो ।  साथै सासंद शर्माले प्रस्तु प्रसंगमा प्रधानमन्त्री केपी ओली र उपप्रधानमन्त्री पोखरेलसंग जवाफ माग गरेका छन ।

त्यस्तै उहाँले श्वेतपत्रमा आफ्नो नाम उल्लेखभएसंगै जानाकारी लिन ट्रष्टको कार्यालय जाँदा माइन्युट समेत हेर्न नदिएकोमा थप आक्रोस व्यक्त गर्दै उपप्रम पोखरलले जारी गरेको श्वेतपत्र अश्वेत र झुठको दस्तावेज भएके बताए । मन्त्री पोखरलले सार्वजनिक जारी गर्नु भएको श्वेतपत्रमा ताहाचलस्थित ट्रष्टको जग्गा देउवा प्रधानमन्त्री र शर्मा गृहमन्त्री हुँदा लिजमा दिने निर्णय गरिएको उल्लेख उल्लेख गरेका छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।