बिहिबार, चैत्र १५, २०८०

सरकारको लोकतान्त्रिक वर्खिलापका गतिविधिले लोकतन्त्र खतरामा : प्रवक्ता शर्मा

काठमाडौं माघ १८ , नेपालमा लोकतन्त्रका चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रिया कार्यक्रममा वोल्दै नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले व्यवाहारिक प्रारुपमा लोकतन्त्रको कार्यान्वयनका लागि जनआवाज मुखरित हुन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै उहाँले पछिल्लो समय लोकतन्त्रको आवरणमा लोकतन्त्रको उपहास गर्दै लोकतन्त्रलाइ कागजमा र निर्वाचन पद्धति मात्र सिमित गर्ने काम हुँदै आएको बताउँनु भएको छ । साथै उहाँले जनताले वोल्यो वा प्रश्न गर्यो अव यसलाइ नियन्त्रण  गर्नुपर्छ भन्ने मान्यताले सूचना प्रविधी विधेयकको अवधारणा बनेको जुन लोकतन्त्रको वर्खिलाप रहेको बताउँनुभयो ।वर्तमान सरकारका पछिल्ला गतिविधिले एकपछि अर्को गर्दै लोकतन्त्रलाइ खतरामा पार्ने काम हुँदै आएको उहाँको भनाइ रहेको   थियो ।

त्यस्तै सेन्टर फर डेमोक्रेसीले आयोजना गरेको प्रस्तुत अन्तक्र्रियामा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले लोकतान्त्रिक पद्धतिबाट नै लोकतन्त्रमाथि खतरा उत्पन्न हुन थाल्नु समृद्ध मुलुक निर्माणका लागि कदापि राम्रो लक्षण नभएको बताउनुभयो । त्यस्तै पत्रकार बबिता बस्नेतले प्रदेश नं ३ को नामकरणका सन्दर्भमा सत्तारुढ नेकपाको सचिवालयले निर्णय गरेर प्रदेशसभामा पठाउनुले मुलककमा लोकतान्त्रिक अभ्यासको चित्रण भएको जनाउ दिनुभउको कार्यक्रममा आयोजकको तर्फबाट अध्यक्ष भरत जोशी लगायतले आफ्नो धाराा राख्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।