मङ्लबार, बैशाख ४, २०८१

सत्तारुढ नेकपाको एकता महाधिवेशन २०७७ चैत मसान्तमा

एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन, वामदेव गौतम नेकपाको उपाध्यक्षमा निर्वाचित

काठमाडौं माघ १९, सत्तारुढ नेकपाको राजानीम जारी केन्द्रीय समितिको बैठकले पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा गर्न नितिगत निर्णय गरेको छ । गत बुधवारबाट जारी बैठकको आज समापन सत्रको क्रममा अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन तथा महासचिवको साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव परिमार्जनसहित सर्वसम्मतरुपमा पारित गरेको छ ।

त्यस्तै बैठकले समूहगत छलफलको क्रममा प्राप्त विषयगत एजेन्दाको हकमा नेतृत्ले जवाफ दिदै विभिन्न ११ बुँदे निर्णयसंगै तत्काल बहसको विषय बनेको एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य भीमबहादुर रावल र प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गरेको छ । यस्तो छन् नेकपा केन्द्रीय कमिटी बैठकका ११ बुँदे निर्णय :

साथै बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले २०७७ चैतमा राष्ट्रिय एकता महाधिवेशन आयोजना गर्ने र त्यसअघि जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय त्यस्तै जनपरिचालनका लागि तत्कालै ३ महिने राष्ट्रिय अभियान सञ्चालन गर्ने यसअघि जारी आचारसंहितालाई परिमार्जन गर्ने ,बैठकले काठमाडौँको मदननगरस्थित आफ्नै जमीनमा पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने निर्णय संगै विधानत उपाध्यक्ष पदको व्यवस्था गर्दै सचिवालयका सदस्य वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष पदमा निर्वाचित गरेको छ ।

त्यस्तै बैठकमा पार्टी अध्यक्षद्दय केपी ओली र ‘प्रचण्डले पार्छी भित्र विद्यमन गुठबन्दीको अन्त्यकालागि प्रतिवद्धता जनाउँदै बैठकबाट प्राप्त सुझाव र पहिचान गरिएको समस्या समाधानका लागि पहलकद्मी लिने संकल्प गर्नु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।