मङ्लबार, बैशाख ११, २०८१

सत्तारुढ कम्युनिष्ट वृतमा देखिएको आर्थिक विचलनताले प्रचण्ड चिन्तित

भक्तपुर फागुन ९, सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले कम्युनिष्ट चरित्र आफैमा उदेग लाग्दो रहेको बताउँनु भएको छ । आज भक्तपुरमा नेकपाका स्थापक नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवनको आज शिलान्यास कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु सत्तामा पुगे पछि विचलित हुने गरेको विश्व इतिहासका दस्तावेजले प्रमणित गरको जिकिर गर्दै नेपालमा पनि यस्तै किसिमको समस्या चुलिन थालेकोका चिन्ता व्यक्त गर्नु भएको हो ।

त्यस्तै सेक्युरिटी प्रिन्टिङ कमिसन प्रकरण समेत यस्तै सेरोफेरोमा रुमलिएको बताउँदै देशको विकृति, विसङ्गति र भ्रष्टाचारको अन्त्य गर्नु पर्नेमा त्यसको ठिक विपरितका काम कारवाही हुनु लज्जास्पद भएको र यसले कम्युनिष्ट सरकारलाइ किमार्थ राम्रो गर्ने बताउँदै पार्टीको शुद्धीकरण र सुदृढीकरण गर्ने, जनतासँगको सम्बन्धलाई बलियो बनाउनुपर्नेमा जोड दिनु भएको छ । साथै उहाँले नेकपाका संस्थापक नोत नारायणविलासको स्मृतिमा बन्ने प्रतिष्ठान भवनका लागि आवश्यक सहयोगका लागि आपूmले पहल गर्ने बताउँनु भएको प्राप्त समाचारमा उल्ल्ेख गरिएको छ ।

वाग्मती प्रदेशसभा सदस्य एवं प्रतिष्ठानका अध्यक्ष डा राजेन्द्रमान श्रेष्ठ मध्यपुरथिमिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ लगायतले वोल्न भएको उक्त कार्यक्रममा
नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल लगायतको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।