शुक्रबार, बैशाख १४, २०८१

सडकका डिभिजन प्रमख चौधरी विरुद्ध ४ करोड विगो मागदावी सहित मुद्धा दायर

काठमाडौ फागुन ६, पदिय जिम्मेवारीको दुरुपयोग गर्दै अुत सम्पति कमाएको आरोपमा डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीले ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेको अनुसन्धानको क्रममा पाईएको जनाउँदै निज विरुद्ध ३ करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको जनाएको छ ।

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोगमा झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।