बिहिबार, बैशाख १३, २०८१

व्यक्तिले दर्ता गरेको सरकारी जग्गामा राज्यको स्वामित्व रहेको वोर्ड गाडियो

काठमाडौ फागुन ५, राज्यले पछिल्लो समय सरकारी जग्गा संरक्षणको क्रममा व्यक्तिको नाममा दर्ता भएको उक्त सरकारी जग्गा बदर गर्दै २६४ बिघा सरकारी जमीन फिर्ता गर्नुको अलावा थप जग्गाको खोजीकार्यालाइ तिव्रता दिएको छ । स्मरण रहोस सरकारी जग्ग्गा दूषित मनसायले दर्ता ग-यो भने मालपोत ऐनअनुसार सिधै बदर गर्नसक्ने अधिकार सरकारमा निहित रहेको छ ।

यसैक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी जग्गा हडप्ने जो सुकै ब्यक्तिलाई पनि नछाडिन् उद्घोष  गर्दै राजधानीको विभिन्न क्षेत्रमा व्यक्तिले आफ्नो नाममा दर्ता गरेका सरकारी जग्गाा दर्ता बदर गर्दै ती जग्गामा सरकारी स्वामित्वको जग्गा भएको व्यहोरा सहितको वोर्ड गाडिएको छ।

त्यसक्रममा महानगरपालिका–३१ स्थित वाग्मती किनारमा रहेको १० रोपनी आठ आना जग्गा , बानेश्वरस्थित वडा नं १० सँगै रहेको ४ रोपनी र वडा नं २९ को १४ आना जग्गामा वोर्ड गाडिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।