बिहिबार, चैत्र १५, २०८०

वालुवाटारको जग्गा प्रकरण: विवेकशीलकी नेतृ रन्जु सहित ११ कार्यकर्ता प्रहरी नियन्त्रणमा

 काठमाडौ माघ २५  बालुवाटारस्थित ललितानिवास अगाडि ‘भ्रष्टचारीलाई रेड कार्ड’ अभियान सञ्चालन गर्न पुगेका विवेकशील नेपाली दलका रञ्जु दर्शनासहित ११ जना कार्यकर्तालाई प्रहरीले शनिबार नियन्त्रण्मा लिएको छ ।

पक्राउ पर्नेहरुमा विवेकशीलका दर्शनासहित संगीता बाटाजु, आलोक सुबेदी, वृतान्त खनाल, शशिविक्रम कार्की, प्रमेश श्रेष्ठ, शिशिर राई, मनिष खनाल, प्रदीप ज्ञवाली, साधना थुलुङ राई र रजीया बानु रहेको  थाहा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वालुवाटारको जग्गा प्रकरणको   विरोधमा ध्यानाकर्षण सहित प्रदर्शन गर्दैगर्दा उनिहरुलाइ प्रहरीले नियन्त्रणमा लिएको प्राप्त समाचारमा उल्लेख गरिएको   छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।