शुक्रबार, चैत्र १६, २०८०

रु १ लाख घुस लिने चन्द्रागिरी नपाका प्रमुख प्रशासकीय अधिृकत पौडेलविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन ७, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरि नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत युवराज पौडेलविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रमुख प्रशासकीय अधिृकत पौडेललाइ नगरपालिकाको सूचना प्रकाशन गरेबापट प्रिमियर डिजिटल मिडिया प्रालिलाई भुक्तानी दिने क्रममा रु १ लाख घुस लिएको अवस्थामा पक्राउ गरेको हो ।

त्यस्तै आयोगले बिजुलीको ट्रान्सफर्मर जडानपछि भुक्तानी दिने क्रममा सेवाग्रहीसँग घुस लिएको आरोपमा घ्याङलेख गाउँपालिका सिन्धुलीका इञ्जिनीयर दिलीपकुमार साह र भारतीय सीमावर्ती क्षेत्रबाट नून, तेल र चिनीलगायत समान ल्याउने क्रममा सेवाग्राहीसँग रु पाँच हजार घुस लिएको आरोपमा पक्राउ परेका इप्रका सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवविरुद्ध पनि मुद्दा दायर गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।