शुक्रबार, चैत्र १६, २०८०

महाशिवरात्रिमा आउँने साधुसन्तका लागि रु २४ लाख

काठमाडौ फागुन ६, आसन्न महाशिवरात्री पर्वको क्रममा पशुपतिनाथको दर्शन गर्न आउने साधुसन्तका लागि धुनी, खाना एवं दक्षिणा दिई बिदाइ गर्न गुठी संस्थानले रु २४ लाख बजेट विनियोजन गरेको जनाएको छ । फागुन ९ गते मनाइने महाशिवरात्री पर्वको लागि संस्थानले प्रत्ये वर्ष यस किसिमको वजेट व्यवस्था गर्दै आएको जनाउँदै यस पटक पनि साधुसन्तका लागि बजेट विनियोजन गरेको हो ।

साधुसन्त आआफ्नो सम्प्रदाय अनुसारका अखडामा बस्ने गर्नुभएको छ । दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसक्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने संस्थानले जनाएको छ ।

प्रस्तुत बजेटबाट साधुसन्तका लागि धुनीका लागि दाउरा , खाना र दक्षिणाको हकमा राष्ट्रपति विद्यादेवी भण्डारबाट सङ्कल्प गराउँदै लोटा, चम्मर, घण्टी, राडी एक सेट र दक्षिणा वितरण गरिने जानकारी दिएको छ ।  यसैवीच पशुपति विकास कोषले पनि यस वर्षको महाशिवरात्री पर्वलाइ नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउँने तयारी गरेको छ । महाशिवरात्रिमा धार्मिक पर्यटकलाइ लक्षित गर्दै आगामी मंगलवार पशुपति क्षेत्रबाट माइतिधर मण्डलासम्म शोभा यात्रा समेत गरिने थाहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।