बुधबार, बैशाख १२, २०८१

भारतले प्रकाशन गरेको राजनीतिक नक्शा अमान्य : प्रचण्ड

सरकारको राम्रा कामकारवाहीको प्रचार नभएकोमा प्रम तथा पार्टी अध्यक्ष ओलीको चिन्ता

काठमाडौं माघ १९ , सत्तारुढ नेकपाको जारी केन्द्रीय समितिको पूर्णबैठकको समापनसत्रको क्रमममा पार्टी अध्यक्ष एवम प्रमानमन्त्री केपी ओलीले सरकारको तर्फबाट सम्पादन भएका कामकारवाहीको जनतावीच प्रचार हुन नसकेकोमा चिन्ताव्यत्त गर्दै अवका दिनमा प्रस्तुत समस्या समाधानार्थ पार्टीका हरेकतह र तप्काले यसमा पहल थाल्न आवश्यक रहेको बताउँनु भएके छ ।

साथै उहाँले राष्ट्रियता र लोकतन्त्रको सवालमा पार्टी रसरकार पूर्ण प्रतिवद्ध रहेको बताउँदै पछिल्लो समय सरकारको विषयमा प्रचार भएको लोकतन्त्र विरोधी आवाजको सम्बोधन गर्न समेत नेताहरुलाइ निर्देशन दिनुभएको छ ।  त्यस्तै कोरोना भाइरसको प्रकोपको नेपालमा प्रभाव पर्न नदिन सरकारले विशेष सतर्कता अपनाएको पनि जिकिर गर्दै नअत्तालिन आग्रह गर्दै पार्टीमा वैचारिक छलफल र स्कूल सञ्चालन हुनुपर्नेमा जोड दिँनु भएको छ ।

त्यस्तै पार्टीका अर्का अध्यक्ष प्रचण्डले समुहगत छलफलको क्रममा उठेका विषयमाथि नेतृत्वका तर्फबाट जवाफ दिँदै बैठकमा उठेका सवै विषयगत एजेन्दाले विद्यमान यावत विकृतिलाइ सच्याउँदै अघि बढ्न निर्देश गरेको बताउँदै बैठमा उठेका यावत विषयप्रति गम्भीर रहेको बताउँनु भएको छ । साथै उहाँले पार्टीको समाजवादमा पुग्ने यात्रामा एक ढिक्का बनाएर देशव्यापी अभियानमा जेट्न समेत आग्रह गर्नुभएको छ ।

त्यस्तै नेपालका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर भारतले प्रकाशन गरेको राजनीतिक नक्शालाई अमान्य भएको बताउँदै ती भूभाग नेपालको भएकोमा विषयमा पार्टी स्पष्ट भएको जनाउ दिदै यस सम्बन्धमा नेपाल सरकारले सर्वदलीय बैठक आयोजना गरेर साझा राष्ट्रिय दृष्टिकोण निर्माण गर्न लिएको तदारुकता, देशको भौगोलिक अखण्डता रक्षाका लागि सरकारले लिएको अडान र चालेका कदमहरू सही रहेको कुरामा जोड दिँदै पार्टी सरकारको त्यस अडानलाई दृढ समर्थन रहेको बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।