शुक्रबार, चैत्र १६, २०८०

बामदेवलाइ राष्ट्रिय सभा सदस्य मनोनयनको सिफारिस कार्यान्वयन नगर्ने प्रम ओलीको उद्घोष

काठमाडौं फागुन १५, सत्तारुढ नेकपाको सचिवालय बैठकबाट पार्टी उपाध्यक्ष बामदेव गौतमलाइ राष्ट्रिय सभा सदस्य मनोनयनका लागि मन्त्रीपरिषदले राष्ट्रपति समक्ष गर्ने भनिएको निर्णय सिफारिस आफुले कार्यान्वयन नगर्ने प्रधानमन्त्री केपी ओलीले बताएसंगै पछिल्लो समय नेकपा भित्र अनेकन तरंग सहित चरम विवाद सिर्जना हुन थालेको छ।

समाचार स्रोतका अनुसार बुधबार सचिवालय बैठकले गरेको निर्णय आफुले कार्यान्वयन नगर्ने जनाउ प्रमको सरकारी निवास बालुवाटारमा पूर्व प्रम समेत रहेका पार्टीका वरिष्ठ नेता माधव नेपाललाई सुनाएसंगै नेकपाभित्र चरम विवाद सिर्जना भएको हो । त्यस्तै प्रम ओलीले नेता नेपाललाइ सचिवालय बैठकको निर्णय सैद्धान्तिक मात्रै भएकाले आफुलाइ एक्ल्याउन रचिएको पार्टीभित्रकै आन्तरिक खेलमा नलाग्न र आफुलाइ साथ दिन आग्रह समेत गरेको बुझिएको छ ।

त्यस्तै समाचार स्रोतका अनुसार प्रम ओलीको प्रस्तुत अभिव्यक्ति संगै पार्टीका अर्का अध्यक्ष प्रचण्ड समेत आक्रोशित हुँदे यदि प्रम ओलीले सचिवालय बैठकको निर्णय कार्यान्वयन नगरे पार्टी समेत विभाजको संघारमा पुग्न समय नलाग्ने आफु निकटका नेतावृतमा जानकारी गराउँदै प्रम ओलीलाइ अप्रत्यक्ष चेतावनी दिएको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।