बिहिबार, बैशाख १३, २०८१

बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका महराले अदालतबाट पाए सफाइ

काठमाडौ फागुन ५, असोज पहिलो साता महरामाथि संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीले आफूमाथि जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका संघीय ससंदका तत्कालीन सभामुख कृष्ण बहादुर महरालाइ आज जिल्ला अदालत काठमाडौंले सफाई दिएको छ । न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेसंगै डिल्लीबजार कारागार रहेका महरा आजै रिहा भएका छन् ।

महराविरुद्ध सरकारी वकिलले बहस गरेका थिए भने उनको पक्षमा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, कृष्ण सापकोटा, सविता भण्डारी, लव मैनाली, मुरारी सापकोटालगायतले बहस गरेका थिए ।

यसैवीच संसद नियमवाली अनुसार तीन वर्ष भन्दा बढी कैद सजाय तोकिने गम्भीर मुद्दामा अभियुक्त ठहर भएपछि सांसद पदबाट स्वत निलम्बित रहेका तत्कालीन सभामुख महराको सांसद पद र सेवासुविधा पनि फुकुवा हुने भएके छ ।  तर अनुसन्धान प्रक्रियाको   टुङ्गो नलागुन्जेल भन्दै सभामुख पदबाट दिएको राजीनामा यतिवेला सर्वत्र चर्चाको विषय भएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।