बिहिबार, बैशाख १३, २०८१

फागुन १४ का लागि प्रस्तावित स्ववियु निर्वाचन यसपटक पनि नहुने प्राय निश्चित

काठमाडौं फागुन २, आगामी फागुन १४ गतेका लागि प्रस्तवित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यसपटक पनि निर्धारित समयमा नहुने प्राय निश्चित भएको छ । भएको छ । प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन विद्यार्थी सङ्गठनका कारणले विगत १० वर्षदेखि नियमित हुन नसकिरहेको अवस्थका वीच यसपटक त्रिविले पुन फागुन १४ गतेका लागि निर्वाचनको मिति प्रस्ताव गरिए पनि यसपटक पनि विद्यार्थी सङ्गठनबीच विगतकै जस्तै निर्वाचन प्रणाली, उमेरहदबन्दीका विषयमा सहमति बन्न नसकेको त्रिवि स्रोतले जनाएको छ ।

स्रोतका अनुसार फागुन १४ गतेका निर्धारित निर्वाचनको दुइ सातापूर्व निर्वाचन कार्यतालिका सार्वजनिक भइसक्नु पर्नेमा विद्यार्थी सङ्गठनबीच सहमति बन्न नसक्दा त्रिविले आजका मिति सम्म पनि निर्वाचन कार्यतालिका सार्वजनिक नहुनु भनेको निर्धारित मितिमा निर्वाचन नहुनुको संकेत भएको बताएका छन । यदि यसवीचमा विद्यार्थी सङ्गठनबीच सहमति बन्यो भने निर्वाचनको संभावना नै नभएको भने होइन तर निर्वाचनका लागि आवश्यक वातावरण तयार गर्ने पक्षमा विद्यार्थी सङ्गठन नै तयार नभएका कारण त्रिविले यसपटक पनि प्रस्तवित निर्वाचनको मितिमा निर्वाचन हुने छाँटकाँट नदेखिएको बताएका छन ।

यद्यपी नेविसंघका जिम्मेवार पदाधिकाले भने त्रिविको कारण निर्वाचनमा समस्या देखिएको बताउँदै “निर्वाचन गर्ने निर्वाचन समितिका संयोजकको पद रिक्त राख्दै कावा संयोजकको भरमा निर्वाचन गराउँने सोच आफ्नो संघको लागिमान्य नभएको जनाउ दिएका छन भने अनेरास्ववियुले भने निर्वाचनको वातावरण बनाउँदै यसपटक सकिन्छ भने प्रस्तावित मितिमै सकिन्न भने एकमहिना पछि आवश्यक सम्पूर्ण पूर्वाधार तयार गरी निर्वाचन गराउँुनु पर्नेमा जोड दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।