बिहिबार, बैशाख १३, २०८१

प्रधानमन्त्री ओली सहित ४ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा अख्तियारमा मुद्धा दर्ता

काठमाडौं फागुन ११, प्रधानमन्त्री केपी ओलीसहित ४ जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरिद, कम्युटर ल्याब र अप्टिकल फाइबर विस्तारमा भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको उनीहरुविरुद्ध अख्तियार उजुरी दर्ता गरेको हो ।

पूर्वप्रशासक आनन्दराम पौडेल र भ्रष्टाचारविरोधी अभियन्ता प्रेम वहादुर शाही (प्रेम कैदी) ले आइतवार अख्तियारमा प्रधानमन्त्री ओली, निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका महानिर्देशक विकल पौडेलविरुद्ध उजुरी दर्ता गराएको  उजुरीकर्ता मध्येका कैदीले जानकारी दिएका  छन । त्यस्तै कैदीले  आज दर्ता भएको  उजुरीको दर्ता   न  c- ०२६९८७ भएको  जानकारी दिनु भयो  ।

यसैवीच निवर्तमान सूचना, सञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थप उजुरी दर्ता भएका छन । तत्कालीन मन्त्री बाँस्कोटाले ७० करोड कमिसन डिल गरेको अडियो सार्वजनिक भएसंगै भ्रष्टाचार विरुद्धका अभियानकर्मीद्दय विजयबाबु शिवाकोटी र प्रितम सुवेदीले पनि आजै भ्रष्टाचारजन्य कसुरमा अनुसन्धान गरी कारवाही गर्न माग गर्दै उजुरी दर्ता गराएको अख्तियारस्रोतले जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।