शुक्रबार, चैत्र १६, २०८०

नेपाल सहित एसियाका चार मुलुक कोरोना भाइरसको उच्च जोखिमको सूचीमा

काठमाडौं फागुन १७,  विश्व स्वास्थ्य संगठनले नेपाल सहित दक्षिण एसियाका भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तानलाई समेत कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेको छ डब्लूएचओको मुख्यालयमा बिहीबार बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको हो ।

यद्यपी नेपाललाइ कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसंगै राज्यका सरोकारवाला निकाय स्वास्थ्य सेवा विभागले यसको सकर्तकताका लागि आवश्यक पूर्वतयारीलाई तीव्र पारेको विभागको महानिर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिएका छन ।

हालसम्म नेपालमा एक जनालाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । त्यस्तै भक्तपुरस्थित विद्युत् प्राधिकरण र नगरकोटको क्वारेन्टाइनमा रहेका १ सय ९३ नेपालीको आज शनिबार थ्रोट स्वावको नमुना संकलन गरिने राष्टिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । नमुना परीक्षण नेगेटिभ आए उनीहरू घर फर्किने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।