बिहिबार, बैशाख १३, २०८१

नेपाल प्रहरीमा नयाँ महानिरीक्षक नियुक्त,३दर्जन डीआईजीको अवकास

काठमाडौ माघ २८,  मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले नेपाल प्रहरीको नयाँ आईजीपीमा प्रदेश १ मा कार्यरत डीआईजी ठाकुर ज्ञवालीलाई नियुक्त गरेको छ।

प्रहरी महानिरीक्षकबाट सर्वेन्द्र खनालले अवकाश पाउने भएपछि सरकारले नयाँ आईजीपी नियुक्ति गरेको हो।३० वर्षे सेवा अवधिका कारण निवर्तमान आईजीपी सर्वेन्द्र खनालसहित एआईजीहरू पुस्कर कार्की, ठूले राई, धिरू बस्न्यातसहित १८ डीआईजीहरु राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, सुरेशविक्रम शाह, केदार रिजाल, शेरबहादुर बस्न्यात, पिताम्बर अधिकारी, दीपककुमार थापा, दिनेशअमात्यले अवकास पाएका छन ।

त्यस्तै  नारायणसिंह खड्का, कमल जिटी, महेन्द्रकुमार पोखरेल, दानसिंह बोहोरा, रामप्रसाद श्रेष्ठ, सुरज केसी, विनोद शर्मा घिमिरे, विकास श्रेष्ठ, पूर्णचन्द्र जोशी र हरिभक्त प्रजापतिले अवकाश पाएको प्रहरी मसख्यालये जनाएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।