शुक्रबार, बैशाख १४, २०८१

नेपालमा कोरोना भाइरस नदेखिएको मन्त्री ढकालको प्रष्टोक्ति

काठमाडौ माघ २१, तल्लो सदनको आजको बैठकमा विशेष समय लिएर सार्वजनिक महत्वको विषय वोल्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म नदेखिएको तथापी सरकारले उच्च सतर्कताका साथ काम गरिरहेको बताउनुभएको छ ।

त्यस्तै उहाँले नेपालमा चीनबाट फर्किएका १३ विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिए पनि परीक्षणपछि नेगेटिभ नतिजा जानकारी दिदै “नेपालमा अहिलेसम्म यो भाइरसको सङ्क्रमण नदेखिएको बताउँनु भएको हो । साथै उहाँले कोरोना भाइरसको नियमनका लागि आफ्नो संयोजकत्वमा उच्चस्तरीय कार्यदल बनेको जानकरी दिदै भाइरसबाट सतर्क रहनका लागि विज्ञापन सामग्री बनाएको र प्रत्येक दिन बेलुका सञ्चारजगतसंग अन्र्तक्रिया लगायतका कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनु भएको छ ।

छिमेकी मुलुक चीनको वुहान प्रान्तबाट फैलिएको कोरोना भाइ विश्वका २४ मुलुकमा देखिएको चीनमा मात्रै  भाइरसका कारण ३६२ को मृत्यु भएको जानकारी दिनु भएको छ । त्यस्तै  मन्त्री ढकालले सरकारले कोरोना भाइरसका बारेमा आम नागरिकलाई सचेतनाको भइरहेको कामकारावहीको जानकारी दिनुको अलावा सरकारले कोरोना भाइरसबाट बच्ने आवश्यक सम्पूर्ण तयारी गरिरहेको बताउँदै कोरोना भाइरसका संक्रमणका विषयमा तत्काल पत्ता लाग्न पनि नसक्ने भएकै कारण उच्च सावधानी अपाउनुपर्नेमा बताउनुभयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।