शुक्रबार, चैत्र १६, २०८०

नेता गच्छदारमाथिको मुद्दा राजनैतिक पूर्वाग्रहको पराकाष्ठा : प्रवक्ता शर्मा

काठमाडौं, माघ २३,   नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरकारको प्रभाव र दबाबमा परेर   बालुवाटार जग्गा प्रकरणमा पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दर्ता गरेको मुद्दालाई राजनैतिक पूर्वाग्रहपूर्णको पराकाष्ठा भएको बताएको छ ।

काँग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आयोगलाई प्रभावित गरी राजनैतिक पूर्वाग्रहका मुद्दा दायर गरिएको काँग्रेसको ठहर रहेको जनाउ दिदै मन्त्रिपरिषद्बाट भएको कुनै पनि निर्णयको पूर्ण जिम्मेवारी प्रधानमन्त्रीको हुने र प्रधानमन्त्रीको सहमति बेगर मन्त्रिपरिषद्मा कुनै प्रस्ताव नआउने र पारित पनि नहुने बताउनुभएको छ ।

त्यस्तै उहाले मुद्धा दर्ता प्रकरणलाइ हेर्ने हो भने मन्त्रिपरिषद्ले गरेको निर्णयमा प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ , सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेलले आफ्ना छोरा नवीन पौडेलका नाममा बालुवाटारको जग्गा लिएको सास्वत तथ्य सिङ्गो देशलाई जानकारीहुँदाको वाजुद पर्र्नि उन्मुक्ति दिने आयोगको प्रवृति आफैँमा बदनियतपूर्ण रहेको बताउँनु भएको छ । त्यस्तै प्रवक्ता शर्माले बालुवाटार जग्गा प्रकरणको गहिरो छानबिनका लागि माग गर्नुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।