शुक्रबार, चैत्र १६, २०८०

बजारमा कालाबजारीको दवदवा ,मेडिकल मास्कको कृतिम अभाव

काठमाडौं माघ २०,  चीनको हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले विश्वको २४ भन्दा बढि मुलुकमा आफ्नो प्रभाव देखाएसंगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल’ घोषणा गरिसकेको छ । कोरोना भाइरसका कारण हजारौं मानिस संक्रमित भएका छन् । भाइरस संक्रमणनकै कारण चीनमा सयौको सख्यामा मृत्यु वरण गरिसकेका छन ।  त्यस्तै नेपाल सरकारल पनि कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले ३ अलग समिति गठन गरिसकेका छन । नेपालमा भाइरस सक्रमीतको प्रत्यक्ष पहिचान नभएपनि उच्च सतर्कता अपनाउँदै आवश्यक गतिविधी सञ्चालन गर्नेकाम शुरु भइसकेका छन ।

यसैक्रममा नेपालको स्वास्थ्य जगतका नियमक निकाय औषधि व्यवस्था विभागले मिति २०७६ माघ १७ गते रसायन तथा मेडिकल आपुर्ति संघ नेपाललाइ पत्राचार गर्दै नोवेल कोरोना भाइरसका कारण अन्तराष्ट्रिय स्तरमा नै जनस्वास्थ्य विपतको अवस्था आइपरेको र नेपालमा पनि यसको प्रभाव रोकथाम एव नियन्त्रण गर्न विविध रणनितीक क्रियाकलाप सञ्चालन भइरहेको सन्र्दभमा आवश्यक पर्ने स्वास्थ्य सामाग्री मास्क ,पन्जा हेण्ड सेनिटाजरको अत्याधिक माग भइरहेकोले यी सामाग्रीको मौज्दात राख्न सकुर्लर जारी गरेको छ ।

विभागले मानविय स्वास्थ्यको संवेदनालाइ दृष्ठिगत गर्दै  सकुर्लर जारी गरेको एकाध दिनमानै औषधिको बजारमा माक्स पन्जा स्यानिटाजर लगायतका सामाग्रीको कालाबजारी हुन थालेको समाचार प्राप्त भएको छ ।  सामान्य दिनमा एक वट्टाको नेपाली नब्बे रुपैया पर्ने मास्कको बजारमा ३ सय देखि ३ सय पचार र उस्तै ताल परे  ५सय रुपैया सम्ममा पनि विक्रि गर्दै प्रत्यक्ष कालाबजारी शुरुभएको  समाचार स्रोतको दावी रहेको छ ।  औषधिको जक्शन मानिएका क्षेत्रपाटी स्थित पसलमानै यस किसिमको कालाबजारीले प्रशय पाएको दावी गर्दै समाचार स्रोतले भने- मास्क ,पन्जा र सेनिटाजरको व्यापार व्यवसायी चकाचक भएको बताएका छन ।

केहि समय अघि डेङ्गगुकोको प्रकोप फैलिएको समयमा पनि ODOMOS क्रिमको  यस्तै कालाबजारी शुरुभएपछि नियमक निकाय लगायतका अन्य सम्वद्ध नियमक निकायबाट अनुसँन्धान भएपछि उल्लेख्य मात्रामा स्टोरेज ODOMOS बरामद गरेको क्षत्रपाटी औषधि बजारमात्र नभइ अन्य क्षेत्रका औषधि पसल जाँहा मास्क लगायतका सामाग्रीको विक्रि वितरण हुँन्छन त्यहाँ मास्क किन्न  जाँदा ग्राहको अनुहार हेर्ने र आफुले भने मुताविक मुल्य नदिए छैन भन्दै दोहरो संवादनै नगर्ने प्रवृति केहि दिनयता देखिन थालेको बताउँदै एक ग्राहले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने –  जुन पसलमा आफुले मास्क किन्न खोजेको हो त्यो पसलका व्यवसायीले आफ्नै अगाडि ३सय २५ रुपैयामा मास्क विक्री गरेको गुनासो गदै भने यो त प्रत्यक्ष कालोबजारीको पराकाष्ठा भोनी भन्दा भनाभनको परिस्थिती सिर्जना भएको  र सक्छ भने कारवाही गर भन्दै हपारेको बताए ।

वास्तवामा पछिल्लो समय मास्क ,पन्जामा प्रत्यक्ष कालाबजार भइरहेको गुनासो नियमक निकायमा नपुगेको पनि होइन तर नियमक निकायले नियमनको पाटोमा देखाएको उदासिन प्रवतिका कारण आम उपभोक्ता चर्को मुल्यको मारमा पर्नु स्वभाविक रहन्छ । राज्यको नियमक निकायले सर्कुलर जारी गरेसंगै कालाबजारीको  संभावनालाइ समेत दृष्टिगत प्रत्यक्ष वा परोक्ष प्रारुपमा नियमन लाइ प्रथमिकरण गरेको भए आज आम उपभोक्ता कालाबजारी दवदवामा रहन पर्ने थिएन ।

यसैवीच केहि दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा  कार्यक्रममा काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी ,औषधी व्यवस्था विभागको महानिर्देशक नारायणप्रसाद ढकाल लगायतका नियमक निकायका जिम्मेवार अधिकारीले बजारमा बढ्दो उपभोक्ता ठगीको आवाज मुखरित भएसंगै कारबाही प्रक्रियालाइ तिव्रता दिदै आएको बताए पनि मास्क ,पन्जा लगायतका सामाग्रीमा हुँदै आएको कालाबजारी नियन्त्रणमा खासे चासो नदिएका कारण बजारमा प्रत्यक्ष मेडिकल मास्कको कृतिम अभाव र कालाबजारी हुन थालेका   बताइन्छ । shreejan jha

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।