शुक्रबार, चैत्र १६, २०८०

त्रिभुवन आर्मीको आत्माघाती गोलसंगै मछिन्द्रले जित्यो लिग उपाधि

काठमाडौ फागुन ३,  गत मङ्सिर २७ गतेदेखि राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि आज भएको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबवीच खेलमा मछिन्द्रले लिग तालिकाको शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लवलाई १–० गोल अन्तरले हराउँदै मछिन्द्रले लिग उपाधि जितेको छ ।

आजको खेलमा मछिन्द्रको जितमा त्रिभुवन आर्मीका विकास तामाङले गरेको आत्मघाती गोलनै मछिन्द्रको लागि उपाधीको चाँवी बनेको थियो । मछिन्द्रले लिगको १३ खेलबाट ३१ अंक जोड्दै उपाधि जितेको हो भने आर्मीले २९ अंक सहित दोस्रो स्थानमा चित्त बुझाउँनु परेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।