शुक्रबार, बैशाख ७, २०८१

जिम्मेवार नेताबाट अभिव्यक्त गैह्र जिम्मेवार अभिव्यक्ति प्रति काँग्रेसको असहमति

काठमाडौ फागुन १,  सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डले आज एक कार्यक्रममा नेपाली काँग्रेसका तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति असहमति जनाएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज साँझ विज्ञप्ति जारी गरी तत्कालीन माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहलाई शान्तिपूर्ण अवतरण गराउन निर्णायक भूमिका निर्वाह गर्नुभएका नेता कोइरालाको अभिव्यत्ति भन्दै प्रचण्डले बाट व्यक्त विचारप्रति असन्तोष व्यक्त गर्नुभएको हो ।

त्यस्तै विज्ञप्तिमा प्रवक्त शर्माले प्रचणडले कार्यक्रममा नेता कोइरालाले आफुलाइ तत्कालीन समयमा फौजी आक्रमण अलि बढाइदिनुपर्‍यो र सदरमुकाम हान्‍नुपर्‍योझ भनेर यदि सांचै भन्नुभएको हो भने त त्यो संवादको कुरा कोइराला जिवित छंदैनै दहालले पक्कै सार्वजनिक गर्नुहुन्थ्यो तर उहाँको निधन भएको यतिका बर्षपछि ऎतिहासिक तथ्यलाई तोडमरोड गर्ने ढंगले एक जिम्मेवार नेताबाट गैह्र जिम्मेवार अभिव्यक्ति आउनु आफैमा दुखद रहेको उल्लेख गरिएको छ ।

साथै ऎतिहासिक तथ्य यो हो कि माओवादीको हिंसात्मक आक्रमणबाट मुलुकलाई मुक्त गर्न कोइरालाले सहमति, सहकार्य र एकताको राजनीति अघि सार्नु भएको थियो हििंसाको राजनीतिलाई सुरक्षीत अवतरण गराउन सफल ढंगले संयोजन र नेतृत्व गर्नुभएको नेताले नै हिंसात्मक आक्रमणका लागि प्रेरित गर्नुभयो भन्नू आफैमा विरोधाभासपूर्ण रहेको जिकिर सहित माओवादीको नेतृत्वमा भएको हिंसात्मक विद्रोहको शान्तिपुर्ण अवतरण गराउन निर्णायक पहल गर्नुहुने शान्तिका नायक स्व। गिरिजाप्रसाद कोइरालाको जिम्मेवार र परिपक्व भुमिकालाई अर्थहीन ढंगले विवादित बनाउने प्रयत्न अराजनीतिक त छ नै आपत्तिजनक समेत रहेको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31