शनिबार, बैशाख ८, २०८१

छायाँ मन्त्रिपरिषदका सदस्यहरुलाई भ्रष्टाचारका काण्डहरु खोज्न सभापति देउवाको निर्देशन

काठमाडौं फागुन ११  , नेपाली काँग्रेस संसदीय दल आज बसेको संसदीय दलका नेता शेरबहादुर देउवाले छायाँ मन्त्रीको जिम्मेवारी पाएका सदस्यहरुलाइ सत्तारुढ नेकपा सरकारले गरेका भ्रष्टाचारका काण्डको खोजविन सहित प्रतिवेदन पेश गर्न छायाँ मन्त्रिपरिषदका सदस्यहरुलाई निर्देशन दिएका छन ।

प्रतिपक्षीदल नेपाली काँँग्रेसका सभापति समेत रहेका संसदीय दलका नेता देउवाले छायाँ मन्त्रिपरिषदका सदस्यहरुलाइ पछिल्लो समय निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा नेतृत्वको सञ्चार मन्त्रालयमा जस्तै अन्य मन्त्रालयमा पनि नीतिगत भ्रष्टाचार भएको निष्कर्ष सहित सो सम्बन्धमा छानविन सहित कुन–कुन मन्त्रालयमा के–कस्ता भ्रष्टाचार भइरहेका छन् त्यसबारे सूचना संकलन गरी रिपोर्टिङ गर्न छायाँ मन्त्रीहरुलाई निर्देशन दिएको हो ।

त्यस्तै बैठकले काँग्रेस छाँया मन्त्रिपरिषदको अव प्रत्येक महिना बस्ने निर्णय गर्दै सरकारले ल्याउने विधेयकहरूमा चनाखो बन्न समेत निर्देशन दिएको थाहा भएको   छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।