शुक्रबार, बैशाख ७, २०८१

चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई शनिबार नेपाल ल्याइँदैँ

काठमाडौ फागुन १, सरकारले आगामी शनिबार चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई नेवानीको विमानबाट स्वदेश ल्याउने भएको छ । कोरोना भाइरसको प्रकोप फैलिएको हुवेई प्रान्तको विभिन्न शहरमा रहेका नेपाल फर्कने नेपाली विद्यार्थीलाई सरकारले शनिबार स्वदेश फर्काउन लागको हो ।

नेवानी सम्वद्ध स्रोतका अनुसार चीन जाने टोलीमा तीन विमान चालक, छ क्याबिन क्रु, दुई इञ्जिनीयर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने थाहा बताईएको छ ।  त्यस्तै शनिवार बिहान २ः१५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली विधार्थी सहितको जहाज अवतरण गरे लगत्तै १८० नेपाली विधार्थीहरुलाइ क्वारेन्टाइनमा राखिनेछ । त्यसका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुईटा भवन तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै चीनबाट फर्काइएका नेपालीलाइ १४ दिनसम्म क्वारेन्टाइनमा राखी उनिहरुको स्वास्थय परीक्षण गर्दै रिजल्ट सकारात्मक आएसंगै सार्वजनिक गरिने तयारी सरकारले गरेको बुझिएको छ । यसको लागि सरकारले ३ विभिन्न अस्पतालमा अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31