शुक्रबार, चैत्र १६, २०८०

चारपाङ्ग्रे सवारीका लागि इन्धन सुविधा घटाउन समितिको सिफारिस

काठमाडौं फागुन १२ , काठमाडौं महानगरमा प्रयोग भइरहेका सवारी साधन व्यवस्थापन, सुबिधाका रुपमा दिइने इन्धन नियमन र थप सवारी साधनको आवश्यकता अध्ययन गर्न कामपा वडा न १६का वडाध्यक्ष मुकन्द रिजालको संयोजकत्वमा गठित समितिले आज महानगर प्रमुख बिद्यासुन्दर शाक्यलाई समितिको प्रतिवेदन बुझाएको छ ।

समितिको प्रतिवेदनमा वडा कार्यालयलाई ५ जनाभन्दा बढी व्यक्ति अट्न सक्ने वातावरणमैत्री सवारी खरिद गर्नु पर्ने सुझाव संगै महानगरका बिभागीय प्रमुख एउटा बिभागबाट सरुवा भइ अर्को बिभागमा जाँदा सवारी पनि सँगै लिएर प्रवृति रोकनुपर्ने सवारी साधनका बिभागको नाम नामाकंन र बिभागीय प्रमुखले पाउँदै आएको १०० लिटर इन्धन सुबिधालाई घटाएर ८० लिटर बनाउनेलगायतका सिफारिस गरिएको छ ।

त्यस्तै समितिल आफ्नो प्रतिवेदनमा यस अघि चारपाङ्ग्रे सवारीका लागि दिइँदै आएको ८० लिटर इन्धन सुबिधालाई ६० लिटर बनाउने, अधिकृत स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि १० लिटर इन्धन दिँइदै आएकोमा १५ लिटर बनाउने, सहायक स्तरका कर्मचारीले प्रयोग गर्ने दुई पाङ्ग्रे सवारीका लागि ७ लिटर इन्धन दिनेलगायत बुँदा छन् । छैटौं र सातौं तहका कर्मचारीलाई मोटरसाइकल सुबिधा दिन मनासिव हुने सुझाव समेत सिफासिर गरिएको छ ।

समितिको प्रतिवेदन बुझ्दै महानगर प्रमसख शाक्यले प्रतिवेदन बुझ्दै प्रमुख शाक्यले — प्रतिवेदनमा उठान गरिएको विषयगत एजेन्दाको कार्यान्वयनका लागि कार्यपालिका बैठकमा प्रस्तुत गरिने बताउँदै कार्यालयको कामलाई सहज बनाउन मितव्ययी सवारी सञ्चालन गर्ने दिशामा सबैको ध्यान जानपर्ने जनाउ दिनु भएको छ । गठित समितिको सदस्यहरुमा वडा २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ, कार्यपालिका सदस्य लक्ष्मी श्रेष्ठ र महानगरको यन्त्र तथा उपकरण महाशाखाका प्रमुख पुरुषोत्तम शाक्य समितिको सदस्य सचिव रहेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।