बिहिबार, बैशाख १३, २०८१

घुस प्रकरण अडियो सार्वजनिक, सञ्चारमन्त्री बाँस्कोटालाइ तत्काल बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौ फागुन ८, नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान थाल्न माग गरेको छ ।  पासर्पोट, लाइसेन्स, राजश्वका स्टिकरलगायत छाप्नका लागि सरकारले सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको तयारी गरेसंगै सेक्युरिटी प्रेस खरिदसम्बन्धी खरिद प्रक्रियामा एक विदेशी कम्पनीका नेपाल एजेन्टसँग ७० करोड घूस मागेको अडियो बाहिर आएसंगै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति प्रकाशित गरी मन्त्री बाँस्कोटालाई बखास्त गर्न माग गरेको हो ।

यद्यपी अडियो सार्वजनिक हुँदा कञ्चनपुरमा रहेका मन्त्री बाँस्कोटाले काठमाडौं पुगेर नै यसबारेमा बोल्ने बताउँदै थप प्रतिक्रिया दिएका छैन।

सामाजिक सञ्जालमा पनि मन्त्री बास्कोटाको चर्को आलोचना शुरु हुनेक्रम बढेको छ । त्यस्तै आजै स्वतन्त्र युवा सञ्जालले पनि मोटर साइकलयाली मार्फत प्रदर्शन गर्दै सञ्चारमन्त्री वास्कोटकोको राजीनामा माग गर्ने तयारी गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।