बिहिबार, चैत्र १५, २०८०

कलंकीको अण्डरपासमा टिपरको ठक्करबाट चौधरीद्दयको मृत्यु , टिपर र चालक फरार

काठमाडौ माघ २३, राजधानीको  कलंकीस्थित अन्डरपासमा गएराती टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवाको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार बुधबार राति पौने १ बजे कलंकीको अन्डरपासमा नम्बर नखुलेको टिपरले ठक्कर दिँदा दुई युवाको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ।

टिपरको ठक्करबाट प्रदेश २-०३००४ प ५५० नम्बरको मोटरसाइकलमा सवार रौतहटको कटहरिया गाउँपालिका ४ का १९ वर्षीय राकेशकुमार चौधरी र कटहरिया ७ का २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको थाहा भएको छ ।

‘टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुको उपचारका क्रममा त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले ठक्कर दिने टिपरको नम्वर नखेलेका कारण अन्डरपासमा राखिएको सीसी टिभीको सहायताले टिपर नम्बर पत्ता लगाउने प्रयास संगै  टिपर व्यवसायी महासंघसँग समन्वय गरेर अब टिपरको खोजी गरिने छ।’ मृतक युवाको शव पोष्ट मार्टमको लागि शिक्षण अस्पतालमै राखिएको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।