शुक्रबार, चैत्र १६, २०८०

आयोगको तर्फबाट प्रस्तुत अभियोग पत्र विरोधाभाषपूर्ण रहेको काँग्रेसको ठहर

काठमाडौ माघ २७, ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले जनाएको छ ।

काँग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले पार्टीका उपसभापति विजयकुमार गच्छदारमाथि आयोगले नेपाल सरकारको प्रभाव र दबाबमा राजनैतिक पूर्वाग्रह सहित मुद्दा दायर गरेको बताउँदै बैठक प्रस्तुत कदमको घोर भत्र्सना गरेको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै विज्ञप्तिमा उपसभापति गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुको अलावा चीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर स्वदेश ल्याउन सरकार समक्ष माग गरेको छ ।

साथै राजधानीमै दिनदहाडै नेपाल सरकारका पूर्वसचिव अर्जुन कार्कीका श्रीमती मुना कार्कीको हत्या भएको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको जनाउँदै शान्ति सुरक्षाको प्रश्नमा गम्भीर हुन सरकारको ध्यानाकर्षण सहित घटनाको गहिरो अनुसन्धान र दोषी माथि कारवाहीको माग गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।