बुधबार, बैशाख १२, २०८१

आज मध्यरातबाट बढ्यो एलपी ग्यासको मूल्य

काठमाडौ माघ २०, नेपाल आयल निगमले एलपी ग्यासको मूल्यमा वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । बढ्दो मूल्यसंगै अव प्रति सिलिण्डर ग्यासको रु १३ सय ७५ पुगेको छ ।

त्यस्तै निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा भने प्रतिलिटर रु १ घटाएको छ । घठ्दो मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर रु १सय नौ रुपैया डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम भएको जनाउँदै निगमले  भारतीय आयल निगमले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पठाउँने मूल्यसूची अनरुप पेट्रोलियम पदार्थको मूल्य समायोजन हुँदै आएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।