बिहिबार, बैशाख ६, २०८१

आज भगवान शिवको उपासना सहित महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौ फागुन ९ आज महाशिवरात्रि पर्व मनाइँदैछ । प्रत्येक वर्ष फागुन चर्तुदर्शीका दिन पर्ने सो पर्वमा हिन्दू धर्मावलम्बीले पशुपतिलगायत देशभरका शिवालयमा भगवान शिवको पूजा तथा आराधना गरी उपासना समेत गर्ने प्रचलन रहेको छ । विभिन्न १२ ज्योतिर्लिङ्गमध्ये पशुपतिनाथ पनि महत्वपूर्ण भएकाले हिन्दू धर्मावलम्बीले शिवरात्रिमा सो मन्दिरमा दर्शन तथा पूजा गर्ने प्रचलन रहिआएको छ । महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि भारतलगायत विभिन्न देशबाट उल्लेख्य साधुसन्त भित्रिएको पशुपति क्षेत्र विकास कोषले जनाएको  छ ।

त्यस्तै आजको दिन बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णितभएबाट पनि यसको रात्रिको महिमा आफैम महत्वपूर्ण रहेका महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

त्यस्तै आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य वेलपत्र अर्पण गरिन्छ ।  त्यस्तै महाशिवरात्रीको पर्वको व्रतका क्रममा भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि प्राप्त हुने विस्वास रहिआएको छ । साथै आज साँझ प्रत्येक घर, चोक र मठ–मन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तन गर्ने परम्परा रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31