शुक्रबार, चैत्र १६, २०८०

आजबाट २१ जिल्लामा ‘आयोडिन मन्थ’का कार्यक्रम सञ्चालन

कुमारराज भण्डारी, सहायक महाप्रबन्धक एवम् प्रवक्ता साल्ट ट्रेडिङग कर्पोरेसन

काठमाडौं माघ १८, विगत ५ दशक भन्दा लामो समययता देखि निरन्तर आयोडिनयुक्त नूनको आधिकारिक बिक्रेताको जिम्मेवारी वहन गर्दै जनसेवामा समर्पित रहदै आएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आजबाट ‘आयोडिन मन्थ’का कार्यक्रम आयोजना गर्दैछन ।  ट्रेडिङद्दारा जारी प्रेस विज्ञप्तिमा उल्लेखभएअनुसार विगतका वर्षमा जस्तै यसवर्ष पनि सन् २०२० फेब्रुअरी महिनालाइ आयोडिन मन्थका रुपमा मनाउने घोषणा गरेको उल्लेख गरिएको छ ।

आयोडिन मन्थ मनाउँनुको औचित्यमाथि प्रकाश पार्दै साल्ट ट्रेडिङका विभागिय प्रमुख ब्रजेश झाले नेपाल यूनिभर्सल साल्ट आयोडाइजेसन को सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेब्रुअरी महिनालाई “आयोडिन मन्थ” घोषणा गरी आयोडिन सम्बन्धी चेतनामूलक कार्यक्रमको आयोजना हुँदै आएको र यसवर्ष पनि यसैको निरन्तरता भएको बताउँदै  आयोडिन मन्थ आयोडिनको कमीले हुने समस्या जस्तै

 , मृत शिशु जन्मने, लुलो लंगडो, सुस्त मनस्थितिको बच्चा जन्मिने, बालबालिकाको शारीरिक एवं मानसिक विकास कम भई पढाइमा समेत कमजोर हुने, वयस्क व्यक्तिमा काम गर्ने क्षमतामा कमी आउने साथै प्रजनन् क्षमतामा समेत ह्रास आउने लगायतका शारीरिक तथा मानसिक कमजोरी न्युनिकरणका लागि जनचेतना अभिवृद्धि नै  मुलत लक्ष्य भएको बताउनुभयो ।

मुलुकका २१ जिल्ला क्रमस दिपायल, डडेल्धुरा, महेन्द्रनगर, टीकापुर, धनगढी, नेपालगञ्ज, सुर्खेत, दाङ, कृष्णनगर, भैरहवा, पोखरा, बाग्लुङ, नारायणगढ, बनेपा, हेटौंडा, वीरगञ्ज, जनकपुर, राजविराज, लहान, विराटनगर र बिर्तामोडमा आयोजना गरिने सचेतनामुलक कार्यक्रम अन्र्तगतका  स्कूलमा एडभोकेसी, हाटबजारमा माइकिङ, अस्पताल, जनस्वास्थ्य चौकीमार्फत चेतनामूलक सामाग्री बितरण, प्रदशनी र स्टलमार्फत जानकारी प्रवाह त्यस्तै तुल ब्यानर, र्‍याली, लगायतका कार्यक्रममार्फत आयोडिनको कमीबाट हुने शारिरीक एवं मानसिक कमजोरीका सम्बन्धमा जानकारी र गतिविधि महिनाभरी संचालन गर्दै सूचना प्रवाह गर्नुको अलावा आयोडिनसम्बन्न्धी सन्देश लेखिएको झोला, स्कुल ब्याग , टि–सर्ट पम्पप्लेटजस्ता सामग्री समेत बितरण गर्ने कार्यक्रम तय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।