शनिबार, बैशाख ८, २०८१

अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड अनुदान

काठमाडौं माघ २२ , काठमाडौं महानगरपालिकाले अन्तरराष्ट्रिय बौद्ध भावना केन्द्रको भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महानगरको वडा १० शंखमुलस्थित केन्द्रमा बुधबार एक कार्यक्रमकावीच महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु तथा कर्मचारीहरु उपस्थितीमा  केन्द्रका अध्यक्ष प्रतीकरत्न ताम्राकारलाइ लाई चेक हस्तान्तरण गर्नुभएको हो ।

त्यस्तै कार्यक्रममा महानगर प्रमुख शाक्यले चेक हस्तान्तरण गर्दै चेक हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेको बताउँनु भयो।

त्यस्तै  महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको बिकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गर्दै गर्नु भएको भयो ।  कार्यक्रममा केन्द्रका उपाध्यक्ष मोतीकाजी शाक्यले केन्द्रको परिचय र प्रगति प्रस्तुत गर्दैै शान्तिका दूत गौत्तम बुद्धको आदर्श बिश्वभर फैलाउन केन्द्रले रातदिन काम गरिहेको जानकारी दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।