आइतवार, चैत्र १६, २०७६
BigTop ताजा

पत्रकार सिवाकोटीको सुरक्षा संगै स्वतन्त्र पत्रकारिता गर्ने वातावरण बनाउन महासंघको माग

काठमाडौं फागुन १४ , नेपाल पत्रकार महासंघले महासंघको सभासद् तथा हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीले आफु पत्रकारिता गरेकै कारण असुरक्षित भएको भनी महासंघमा जानकारी गराउनु भएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका महासचिव रमेश विष्टले जारी गर्नु भएको विज्ञप्तिमा पछिल्लो समय समाचार लेखेकै कारण पत्रकारले असुरक्षित भएको महसुस गर्नु पर्ने स्थिती सिर्जना हुनु भनेको राज्यका पत्रकारित जगतप्रति उदासिन चरित्र भएो जिकिर गर्दै स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासंघ कडा भर्त्सना गरेको छ ।

त्यस्तै विज्ञप्तिमा खोजी पत्रकारितामा क्रियाशील सिवाकोटीलाइ खोजमुलक समाचार लेखेकै कारण निजि निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिहरुले शंकास्पद गतिविधि बढाएकोले आफू असुरक्षित भएको भनी महासंघलाई जानकारी गराउनु भएको उल्लेख गर्दै पत्रकार सिवाकोटीको सुरक्षामा विशेष ध्यान दिन एवं स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

स्मरण रहोस : पत्रकार सिवाकोटीले संघीय संसदका तत्कालीन सभामुख कृष्ण बहादुर महरा र निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा प्रकरणको समाचार व्रेक गर्नु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
« Jan   Mar »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31