शनिबार, बैशाख ८, २०८१

NMSRA को महाधिवेशन विराटनगरमा , महाधिवेशनको अभिष्ट महासंघ

काठमाडौ पुस २७, नेपाल औषधि तथा बिक्रि प्रतिनिधि संघ अर्थात एनएमएसआरएको पोखरामा शनिवार सम्पन्न पूर्ण बैठकले संघको महाधिवेशन आगामी माघ २४ र २५ मा विराटनगरमा सम्पन्न गर्ने नितिगत निर्णय गरेको छ ।

सघका केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठका अनुसार आसन्न महाधिवेशनले  यसपटक मुलत औषधि व्यवसाय क्षेत्रमा रहेका विभिन्न संघसंस्थाको सहकार्यमा औषधि व्यवसायी महासंघलाइ अस्तित्वमा ल्याउँने परिकल्पनालाइ सार्थक बनाउँन विशेष प्रस्तव पारित गर्ने योजना रहेको जानकारी दिनु भएको छ ।

संघका देशभरकै १३ वटै युनिटका अध्यक्ष समेतको उपस्थितमा सम्पन्न बैठकले महाधिवेशन प्रयोजनार्थ आवश्यक विभिन्न समिति तथा उपसमिति समेतका विषयमा छलफल गर्दै महधिवेशनलाइ भव्य र सव्य रुपमा सम्पन्न गर्ने संघको तयारी रहेको जानकारी दिदै प्रस्तुत अधिवेशनले नयाँ नेतृत्वको चयनसंगै जारी गर्ने विराटनगर घोषणापत्रले औषधि जगतमा नयाँ आयाम सिर्जना गर्ने विस्वास रहेको अध्यक्ष श्रेष्ठले जनाकारी दिनु भएको  छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।