आइतवार, असार २८, २०७७
फोटो फिचर मोफसल

सिराहका विभिन्न विद्यालयमा रोटरीको शुद्ध एवम् आर्सेनिक रहित पिउने पानी परियोजना

काठमाडौं माघ १३ , रोटरीइन्टरनेशनल एक विशुद्ध सेवामूलक अन्तर्राष्ट्रिय विश्वव्यापी  सञ्जालमा विस्तारित सामाजिक संस्था हो । यस संस्थाले सेवा भाव सहित सामाजिक, स्वास्थ्य, शैक्षिक र मानवीय सेवामा क्षेत्रमा  सक्रिय रहेको पाइन्छ । यसैक्रममा रोटरी क्लव अफ न्यूरोड सिटिले मोफसलका विधालयमा अध्यनरत विधार्थीहरुले दुषित एव आर्सेनिकको मात्रा बढि भएको पिउने पानी सेवन गर्दा हुन सक्ने यावत समस्यालाइ दृष्टिगत गर्दै शुद्ध एवम् आर्सेनिक रहित पिउने पानीको परियोजना सञ्चालन गर्दै स्थानीय विधालयलाइ हस्तान्तरण गरेको छ ।

प्रदेश न २ अन्र्तष्त रहेको सिराहा जिल्लाको विभिन्न क्षेत्रमा अवस्थित सामुदायिक विधालय र स्थानीय नागरिक लक्षित उक्त परियोजना क्रमस पशुपति उच्च आर्दश मावि लहान मटिअर्वा नगरपालिकाको वडा न ७ , रामा महन्थी यादव जनतामावि सितापुर लक्ष्मीपुर गाउँपालिका ६ बस्तीपुर उच्चमावि बस्तिपुर र लक्ष्मण ललिता कुशवाहा मावि रघुनाथपुर लाहानमा सञ्चालन गरिएको क्लवका Service Project Chair- Nilkantha Shrestha ले जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले प्रस्तुत परियोजना ग्लोवल ग्रान्ट न १८६२८७७ अन्र्तगत रोटरी फाउण्डेशन , ११ वटा विभिन्न रोटरी क्लव र एक रोटयाक्ट्कल्वको सयुक्त सहकार्यमा सञ्चालन भएको जानकारी दिनु भएको छ । त्यस्तै  परियोजनाको  शुभारम्भ  तथा हस्तान्तरणको विषयगत जानकारी दिदै  Service Project Chair श्रेष्ठले रामा महन्थी यादव जनता मावि सितापुर लक्ष्मीपुर गाउँपालिका ६ मा सञ्चालन गरिएको परियाृजनाको रोटरी पिडिजी दिलेन्द्र श्रेष्ठ RI distrct 3292, पशुपति उच्च आर्दश माविमा २ न प्रदेशका प्रदेशसभा सदस्य ललन लाल चौधरी र रोटरी पिडिजी बासुदेव गोल्यान,  TRF chair Ri distrct 3292 मिथलेश कुमार झा  र विद्यालयका प्रअको आतिथ्यतामा सम्पन्न भएको   जानकारी दिनु भएको छ ।

    परियोजनाबाट  दैनिक ५३ सय विधार्थी र स्थानीय लाभाम्वित हुने जानकारी दिदै परियोजना सञ्चालनका लागि सहयोग गर्नुहुने सम्वद्ध सवैलाइ धन्यवाद ज्ञापन गर्नु भएको छ । परियोजना हस्तान्तरण कार्यक्रममा क्लवका विभिन्न तह र तप्का जिम्मेवार अधिकारीहरुको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु