शुक्रबार, चैत्र १६, २०८०

लामो रस्साकस्सीपछि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने सत्तारुढको निर्णय

 नेकपाको वृतमा अर्जुन लामाको हत्याको आरोप खेप्दै आएका सापकोटाको उम्मेदवारी प्रति अधिकास नेता तथा कार्यकर्ता असन्तुष्ट

काठमाडौ माघ ५,सत्तारुढ दल नेकपाको आज बसेको सचिवालय बैठकले संघीय संसदको रिक्त सभामुख पदमा अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । संघीय ससंदका तत्कालीन सभामुख कृष्णबहादुर महराको बलात्कार प्रयासको अभियोग प्रकरण रिक्त रहदै आएको सभामुखको विषयमा सत्तारुढदलले निर्णय गर्न नसक्दा पटकपटक स्थगन हुँदै आएको संसद बैठक पछिल्लो पटक माघ ६ गते सम्मका लागि स्थगन गरिएको थियो ।

सभामुखको जिम्मेवारीका सवालमा सत्तारुढदल नेकपावृतमा लामो समय चलेको रस्साकस्सीपछि दलका अध्यक्षद्दय केपी ओली प्रचण्डवीच अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउँने विषयमा भएके सहमतिलाइ  आज बसेको नेकपा सचिवालय बैठकले अनुमोदन गरेको हो । यसअघि पूर्वसभामुख सुवास नेम्बाङलाइ पुन सभामुखको जिम्मेवारी दिने चर्चाले मुलुकको राजनैतिकवृत तरङ्गीत भएपनि अन्तत तत्कालीन माओवादी केन्द्रकै पोल्टाबाट सभामुखको उम्मेदवार तय भएको बताईएको छ ।

त्यस्तै सभामुखको उम्मेदवार तयभएसंगै उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेलाई राजिनामा दिने तयारी गरेको बुझिएको छ । मुलुकको संविधानत व्यवस्था अनुसार सभामुख सत्तारुढदलको भए उपसभामुख विपक्षी दल पाउँने व्यवस्था रहेको छ । त्यस्तै सभामुखको उम्मेदवारको सवालमा नेकपा सचिवालय बैठकले अनुमोदन गरेपनि नेकपा वृतमा काभ्रेका अर्जुन लामाको हत्याको आरोप खेप्दै आएका सापकोटाको उम्मेदवारी प्रति अधिकास नेता तथा कार्यकर्ता असन्तुष्ट रहेको बुझिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।