शुक्रबार, चैत्र १६, २०८०

तीनओटा टेलिकम कम्पनीको लाइसेन्स खारेज गर्ने प्राधिकरणको निर्णय मप बैठकद्दारा बदर

काठमाडौ पुस २४, गत पुस २१ गते बसेको मन्त्रीपरिषद बैठकबाट भएको १४ बुँदे निर्णय सार्वजनिक गर्न आज सञ्चारमन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा  सरकार प्रवक्ता एवम सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले दूरसञ्चार ऐन, २०५३ को दफा २८ को उपदफा ५ बमोजिम विभिन्न तीनओटा टेलिकम कम्पनीका अनुमतिपत्र खारेज गर्ने सवालमा यसअघि भएका निर्णय बदर गर्ने निर्णय गरेको जानकारी दिनु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले कम्पनीले लाइसेन्सको रोयल्टीवापत्को बक्यौता रकम नतिरेपछि कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो । ती कम्पनीमा क्रमस नेपाल स्याटेलाइट टेलिकम अर्थात हेलो नेपाल सहित वेबसर्फर नेपाल कम्युनिकेसन सिस्टम र स्मार्ट टेलिकम रहेका छन ।

त्यस्तै बैठकले मन्त्रिपरिषद् बैठकले लाइसेन्स खारेजी बदर गरिएका कम्पनीको वब्यौात रकम पाँच किस्तामा नबढ्ने गरी पहिलो किस्ता चालू आर्थिक वर्ष २०७६र७७ को असार मसान्तभित्रै र बाँकी चार किस्ता प्रतिवर्ष एक किस्ताका दरले प्रत्येक आर्थिक वर्षको असार मसान्तभित्रै बुझाउने गरी समयििसमा दिईएको प्रवक्ता वाँकोटाकाले जानकारी दिनु भएको छ ।

साथै बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुङ्गाना, मोरङ्गलाई नियुक्त गर्ने निर्णय संगै नेपाल नर्सिङ परिषद्को सदस्यमा सानु तुलाधर, काठमाडौं र दुर्गालक्ष्मी श्रेष्ठ, गोरखालाई मनोनयन गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनु भएको छ ।

मन्त्रीपरिषद बैठकबाट भएका बाँकी निर्णय यस्तो रहेको छ :