बिहिबार, बैशाख १३, २०८१

२९८औ पृथ्वीजयन्ती- सत्य कहिल्यै नहार्ने र स्वाभिवान कहिल्यै मर्दैन : पूर्व राजा शाह

 काठमाडौ पुस २७, आज राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९८औँ जन्मजयन्ती मनाइदै गर्दा पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुकका सवै भुभाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास थाल्नु आवश्यक रहेको बताउँनु भएको छ ।

२९८ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा उहाँले जारी गर्नु भएके शुभकामना सन्देशमा पूर्व राजा शाहले सत्य कहिल्यै नहार्ने र स्वाभिवान कहिल्यै नमर्ने उल्लेख गर्दै बर्तमान अवस्थाका बारेमा जनमानसमा के छ र के भइरहेको छ भन्ने स्पष्ट भएको बताउँनु भएको छ ।
त्यस्ते उहाँले राष्ट्रनायकहरुको बीरगाथाबारे बोल्न नसक्ने, माटोको सम्मानमा बोल्नै नसक्ने अवस्थाको तत्काल अन्त्य हुनुपर्ने भन्दै राष्ट्रिय अखण्डता र स्वाभिमानको अभिव्यक्तिलाई कुण्ठित पार्ने एंव मुलुकले नचाहेको असान्दर्भीक विषयमा मुलुकलाई विवादमा पार्ने प्रयास कोहिबाट पनि हुन नहुने बताउँनु भएको छ ।
त्यस्तै शुभकामना सन्देशमा पूर्वराजा शाहले आफ्नो पूर्खाको पौरखले जोडिएको र जगर्ने गरिएको हिमाल पहाड र तराई मिलेर बनेको नेपाल सदैव स्वतन्त्र शान्त अभिभाज्य र अखण्ड हुनुपर्नेमा जोड दिदै राष्ट्र निर्माता पृथ्वीनारायण शाहका दिब्योपदेशहरु अहिलेको अवस्थामा पनि सान्दर्भिक रहेकालृ यसको आत्मिकरुपमा मनन मात्र नभइ त्यसको व्यवाहारिकप्रारुपमा कार्यान्वयन गर्नुपर्ने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।