बिहिबार, बैशाख १३, २०८१

हिउँदे वर्षा लम्बियो,देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना

काठमाडौं पुस २४ , मौसम पूर्वानुमान महाशाखाले यस वर्षको हिउँदे वर्षा लम्बिने सम्भावना बढ्नुको अलावा तापक्रममा यसअघि हुने उतारचढावमा कुनै गिरावट नआएसंगै चिसो बढ्ने क्रम लामै समय रहने जनाएको छ ।

साथै महाशाखाले हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणाली दिनानुदिन सक्रिय हुने क्रम बढेसंगै बदली र वर्षाको क्रमले समेत निरन्तरता पाउँदै आएको ठहर गरेको छ ।

पश्चिमी न्यून चापिय प्रणालीका कारण आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ । देशका उच्च पहाडी तथा हिमाली भू९भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।