बिहिबार, बैशाख १३, २०८१

सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त र आयुक्तको शपथ

काठमाडौ पुस २४, राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले पद तथा गोपनियताको शपथ लिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीबाट प्रमुख आयुक्त महेन्द्रमान गुरुङले र आयुक्तद्वय कमला वली र दीपक मैनालीले प्रमुख आयुक्त गुरुङबाट शपथ लिनुभएको थियो ।

सपथग्रहण कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाङ्फे, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल, सञ्चार सचिव दीपक सुवेदी, लगायतको उपस्थित रहेको थियो । नवनियुक्त प्रमुख सूचना आयुक्त र सूचना आयुक्तले आजै कार्यभार सम्हाल्नुभएको आयोगले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।