बुधबार, बैशाख १२, २०८१

सिआइबीले बुझायो ललिता निवास सरकारी जग्गा हिनामिना छानबिन प्रतिवेदन

काठमाडौ माघ १७, काठमाडौँ महानगरपालिका–४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी प्रहरी मसख्यालय मार्फत गृह मन्त्रालयलाई आज प्रतिवेदन बुझाइएको छ ।

मन्त्रिपरिषद्को बैठकबाट जग्गा हिनामिनाको छनविनको अख्तियारी दिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले छानविन सम्बन्धी प्रतिवेदन बझाएको हो ।

सरकारी जग्गा व्यक्तिले हिनामिना गरेको तथ्य फेला पारेपछि मन्त्रिपरिषद्ले अनुसन्धानको जिम्मेवारी सिआइबीलाई दिएसंगै सिआइबीले अनुसन्धान आवश्यक अनुसन्धान पछि यर्थात प्रतिवेदन तयार गरी उक्त प्रतिवेदन बुझाएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।