बुधबार, बैशाख ५, २०८१

सार्वजनिक सवारीमा अश्लील हर्कत गर्ने युवक पक्राउ

काठमाडौं पुस २९, प्रहरीले सार्वजनिक सवारी साधानभित्र अश्लील हर्कत  गरेको अभियोगमा चितवनको भरतपुरस्थित विकासचोक बस्ने २१ वर्षीय रवीन सार्की लाइ पक्राउ गरि आज सार्वजनिक गरेको छ ।

 प्रहरीका अनुसार २०७५ मंसिरमा लगनखेल–स्वयम्भू–डल्लु रुटमा चल्ने बसयात्राको क्रममा  रविनले   सार्वजनिक बसभित्रै यात्रा गरिरहेकी युवतीलाई लक्षित गरी  हस्तमैथुन गरी युवतीको कपालमा वीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको महानगरीय अपराध नियन्त्रण महाशाखाले जनाएको छ ।   प्रहरीले सार्वजनिक सवारीमा यस किसिमको  हर्कत गरेको अभियोगम निजलाइ चितवन प्रहरीसँगको समन्वयमा आइतबार अपराह्न चितवनको भरतपुरबाट पक्राउ गरी थप कारवाहीका लागि काठमाडौ ल्याएको जनाएको छ ।

त्यस्तै  पक्राउ परेका अभियुक्त पहिले काठमाडौंमा रिक्सा चालकका रुपमा काम गर्दै आएको बताईएको  छ । त्यस्तै  निजविरुद्ध साइबर अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु