बिहिबार, चैत्र १५, २०८०

सर्वोचद्दारा सापकोटाविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं माघ १४ , संघीय ससंदका सभामुखमा निर्वाचित अग्नि सापकोटा विरुद्ध दायर रिट निवेदनको सुनवाइ गर्दै  सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एक इजलासमा सोमबारदेखि शुरुभएको बहसपछि अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

अधिवक्ता दिनेश त्रिपाठीले सशस्त्र तत्कालीन द्वन्द्वको समयमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप लागेका सापकोटालाई सभामुख पदमा निर्वाचित नगर्न अन्तरिम आदेशको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो ।

अग्निप्रसाद सापकोटाले सभामुख पदमा निर्वाचित भई शपथ लिई पदभार ग्रहण गरिसकेको अवस्थामा निजलाई सभामुखको पदमा कार्य नगर्नु नगराउनु भनी अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको अदालतद्दारा जारी आदेशमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।